जेठ २० देखि सर्वसाधारणमा डेढ अर्बको आइपीओ जारी गर्दै बिन्ध्यबासिनी हाइड्रोपावर

१३ जेष्ठ २०७९, शुक्रबार ०७:५०

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ जारी गरेर बाँडफाँड सम्पन्न गरेको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुमा यहि जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा छिटोमा जेठ २५ गतेसम्म र ढिलोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*