लुम्बिनी जनरलको संस्थापक शेयर लिलामी बिक्री खुला

१३ जेष्ठ २०७९, शुक्रबार १०:१९

काठमाडौं । कुमारी बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी नक्साल काठमाडौंमा बुझाउन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*