राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले स्थानियको लागि आइपीओ जारी गर्ने
![](https://www.beemapost.com/wp-content/uploads/2022/04/Upper-solu-IPO.jpg)
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले स्थानियको लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले परियोजनाको प्रभावित स्थानियहरुको लागि जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।
निष्कासन बन्द छिटोमा असार ७ गते हुनेछ भने ढिलोमा असार २२ गते हुनेछ । आईपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।