सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मुल्यांकनकर्ता तालिम दिने

१३ जेष्ठ २०७९, शुक्रबार ११:२१

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ताको तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मूल्यांकनकर्ता तालिम प्रदान गर्न लागेको हो ।

इन्स्योरेन्सले मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मुल्यांकनकर्ता भई काम गर्न इच्छुक व्यक्ति।संस्थाहरुलाई ध्यानमा राखेर दुई शाखा कार्यालयबाट तालिम संचालन गर्न लागेको हो ।

कम्पनीको मुगु शाखा कार्यालयबाट जेठ २३ गतेदेखि जेठ २५ गतेसम्म र जुम्ला शाखा कार्यालयबाट जेठ २७ देखि २९ सम्म उक्त तालिम संचालन हुने कम्पनीले जनाएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले तालिममा सहभागी हुन आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*