बजेट भाषण अघि नेप्से १५ घट्यो, कारोबार १ अर्बमाथि
१३ जेष्ठ २०७९, शुक्रबार १५:०९
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घट्दा २२२३।७८ को विन्दुमा कायम भएको छ।
२२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज होटल र टुरिजम बाहेक सबै क्षेत्रको उपसूचक घटेको छ। होटल र टुरिजम क्षेत्रमा ०।०८ प्रतिशतको मात्रै सुधार देखिएको छ।