रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

१३ जेष्ठ २०७९, शुक्रबार १७:२७

काठमाडौं । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन । जेठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*