निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३१ अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

१३ जेष्ठ २०७९, शुक्रबार १७:४८

काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले १० महिनाको अवधिमा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

निर्जिवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक कारोबार गर्दै आएको शिखर इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क अहार्जन गर्न सफल भएका छन् ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमशुल्क आर्जन गर्न सफल भएका छन् ।
तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ, एनएलजीले १ अर्ब ९३ करोड रुपैयाँ, प्रिमियर १ अर्ब ७३ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्स कम्पनीले १ अर्ब २८ करोड, हिमालयन जनरलले १अर्ब ५१ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ र आइएमई लाइफले १ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ, दि ओरियन्टल इन्स्योरेनसले १ अर्ब १३ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

करोडमा बीमाशुल्क आर्जन गर्ने कम्पनी

यस अवधिसम्ममा जनरल इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँ, सानिमा जनरलले ८ करोड रुपैयाँ, ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*