श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने

१५ जेष्ठ २०७९, आईतवार १०:३१

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ लाई जम्मा निष्कासन गरिने सेयरको ७०% हुने ११ लाख १५ हजार १ सय कित्ता छुट्याएको छ ।

साथै, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँ पालिकाको वडा नं ५, ६ र ८ र मन्थली नगरपालिकको वडा नं ११ र १२ र १३ तथा रामेछाप नगरपालिकको वडा नं १ र ३ लाई जम्मा निष्कासन गरिने सेयरको २५% अर्थात् ३ लाख ९८ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

त्यस्तै, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाख ५% अर्थात ७९ हजार ६५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा असार ६ गतेसम्म र ढीलोमा असार २१ गतेसम्म आइपीओ खुला रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*