ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य घट्यो

१५ जेष्ठ २०७९, आईतवार १३:५९

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य न्याभ घटेको छ। चैत मसान्तमा ११ रुपैयाँ ७४ पैसा रहेको न्याभ वैशाखसम्म आइपुग्दा ३७ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ ।

सूचीकृत सेयरमा लगानी भने ३ करोड ६७ लाख ९५ हजार ३९९ रुपैयाँले घटेर ९८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो महिना यसको १ अर्ब २ करोड २६ लाख रुपैयाँको सेयर लगानी रहेको थियो ।

समुन्नत योजनाको बैंक मौज्दात पनि १ करोड ५१ लाख रुपैयाँबाट घटेर ९३ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*