सरकारी स्वामित्वको संस्थामा पालिकाले ५० लाखदेखि १ करोडसम्मको शेयर लगानी गर्न पाउने

१५ जेष्ठ २०७९, आईतवार १६:४४

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको ग्रामिण विकास बैंक, लघुवित्त वित्तीय संस्थाको पुनसैंरचना गरी पुँजी संरचना र संस्थागत क्षमता अभिबृद्धि गर्ने घोषणा गरेका छन् । मन्त्री शर्माले आज आगामी आव २०७९।८० को लागि बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।

उक्त संस्थामा गाउँपालिका र नगरपालिकाले न्युनतम ५० लाख देखि अधिकतम १ करोड रुपैयाँसम्म शेयर लगानी गर्न पाउने प्रबन्ध गरिने मन्त्री शर्माले बताएका हुन् ।

साथै यसबाट स्थानीय तहमा युवा, दलित वर्ग तथा महिलाहरुलाई घरदैलोमै कृषि तथा सहुलियतपूर्ण कर्जा समेत उपलब्ध हुने आज बजेटमा घोषणा भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*