नवनिर्वाचित मेयर बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता

१६ जेष्ठ २०७९, सोमबार १७:१२

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्।

भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गरे भने प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*