यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, मर्जर प्रस्ताव मुख्य एजेण्डा, लाभांश छैन

२३ जेष्ठ २०७९, सोमबार ०५:१२

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा हुने भएको छ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा अन्तिम निर्णय लिने छ ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रियाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू। २ अर्ब ५० करोड कायम गर्न भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख गरेको छ ।

सभाले संस्थापक शेयरधनीहरुकोतर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना संचालकहरूको निर्वाचन गर्ने कार्यक्रम रहेको छ।साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा जेठ ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*