एशियन लाइफ इन्स्योरेन्स सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२३ जेष्ठ २०७९, सोमबार १५:०९

काठमाडौं । सोमबार शेयरबजारमा १२ अंकको गिरावट आएको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।

आज नेप्सेमा सूचीकृच २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।

करिब साढे तीन वर्षयता सरकारले पँुजीबजार सुधारको लागि कुनै नीति नल्याएको र तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पुरा नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले बताएका छन् ।

नेप्सेमा पछिल्लो समय शेयरको मात्रा सँगै कारोबार रकम समेत खुम्चिन पुगेको छ । एक दुई महिनायता कारोबार रकम ३ अर्बभन्दा माथि उक्लिन सकेको छैन । बैकिङ्ग क्षेत्रमा देखिएको तरलता संकटका कारण शेयरमूल्य घट्दो क्रममा छ साथै बीमा कम्पनीहरु पनि धमाधम मर्जरको प्रक्रियामा रहेका छन् । नेप्सेमा सूचीकृत २२९ कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्रै १४५ रहेका छन् ।

यसअर्थमा पनि बैंक वित्तीय र बीमा कम्पनीको शेयरबजारमा ठूलो हिस्सा रहेको छ । लगानीकर्ताहरु बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा यतिबेला लगानी गर्न डराइरहेका छन् ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक एशियन लाइफ इन्स्योरेन्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड २४ लाख ७७ हजार ३८७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ७८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*