शेयर कारोबार सुचारु भएकै पहिलो दिन हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट

२३ जेष्ठ २०७९, सोमबार १५:१७

काठमाडौं । नेप्से १२।९२ अंकले घट्दा २०६५।७८ मा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा आज हिमालयन बैंकको कारोबारको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर कारोबार फुकुवा भएको हा । आज कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

साताको पहिलो कारोबार दिन सोमवार हिमालयन बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९९ प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको थियो ।मर्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको हिमालयन बैंकको शेयर कारोबार सुचारु भएको हो ।

त्यस्तै, माहुली लघुवित्त, नेपाल लाइफ, मनकामना स्र्माट लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आइएमई बैंक, अजोड इन्स्योरेन्स, एशियन लाइफ, सिभिल बैंक, एलआईसी नेपालको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*