रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से १२ अंकले घट्दा जीवन बीमा सूचकमा उच्च गिरावट

२३ जेष्ठ २०७९, सोमबार १५:२०

काठमाडौं । बजेट घोषणापछि लगातार घटेको शेयरबजार आज १२.९२ अंकले घट्न पुगेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।

करिब साढे तीन वर्षयता सरकारले पँुजीबजार सुधारको लागि कुनै नीति नल्याएको र तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पुरा नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले बताएका छन् ।

पछिल्लो केही महिनायता बजारको अवस्था झनै नाजुक हुँदै गइरहेको छ । आज नेप्से परिसूचक १२ अंकले घटेर इन्डेक्स २०६५ को विन्दुमा पुगको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ६ उपसूचक बाहेकका सबै सूचांक राताम्य भएका छन् ।

आज विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल सूचांक चम्किएका छन् भने सर्वाधिक जीवन बीमा सूचांक १९८ रुपैयाँ ३२ पैसाले घट्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृच २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*