ग्लोबल आइएमई लघुवित्तद्धारा जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन सहयोग

२३ जेष्ठ २०७९, सोमबार १५:३७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको छ । कम्पनीको रातमाटे शाखाले नुवाकोट विदुर नगरपालिका वडा नं. ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन सहयोग गरेको हो ।

संस्थाले गत शुक्रबार एक कार्यक्रम आयोजना गरि प्रतिष्ठानका अध्यष विष्णु नेपाललाई ग्लोबल आइएमई लघुवित्त संस्थाका अनुगमन अधिकृत शशीकान्त न्यौपानेले इन्चको स्मार्ट टेलिभिजन प्रदान गरेको हो ।

प्रतिष्ठानमा रहेका बृद्ध–बृद्धाहरुलाई समय बिताउन, मनोरन्जन र धार्मिक कार्यक्रम हेर्नका लागि सहज होस भन्ने हेतुले टेलिभिजन प्रदान गरिएको ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाका शाखा प्रमुख पुरुषोत्तम पन्तले जानकारी दिए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*