यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, मर्जरको जिम्मा संचालकलाई समितिलाई

२३ जेष्ठ २०७९, सोमबार १७:५८

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ ।

यो बर्ष कम्पनीको शेयरधनीको हात खाली भएको छ । कम्पनीले लाभांश प्रस्ताव नराखी मर्जरलाई मुखय एजेण्डा बनाएको छ । कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रियाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको छ । बीमा समितिले यो आर्थिक बर्षमा समितिले तोेकेका पुँजि वृद्धि गर्ने निर्णय सँगै कम्पनीले यो प्रस्ताव अघि सारेको हो ।

कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू। २ अर्ब ५० करोड कायम गर्न भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने उल्लेख गरेको छ ।

सभाले संस्थापक शेयरधनीहरुकोतर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना संचालकहरू निविरोध निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*