ग्लोबल आइएमई बैंकको भरतपुरस्थित सुविधा सम्पन्न भवन शिलान्यास

२४ जेष्ठ २०७९, मंगलवार ११:०७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नंं १० स्थित भरतपुर हाइटमा नयाँ कार्यालय भवन शिलान्यस गरेको छ । बैंकले अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको हो ।

उक्त कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका हुन् ।
साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्गसम्बन्धी सचेतना र्यालीको पनि आयोजना गरेको छ ।

उक्त सचेतना र्याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइट स्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो ।

ग्लोबल आइएमई बैंकको ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन र राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्र तथा २८ लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*