दुई लघुवित्तको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

२४ जेष्ठ २०७९, मंगलवार ११:१६

काठमाडौं । दुई लघुवित्तले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । समता घरेलु लघुवित्त र सर्पोट लघुवित्तले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

समता घरेलु लघुवित्तको गत पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिन सुरु गरेको हो । गत मंसिर २३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सर्पोट लघुवित्तको गत पुष १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो ।

मंसिर ३० गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

अब उक्त बोनस शेयरहरु सम्बन्धित शेयरधनीहरुले धितोपत्र दोस्रोबजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*