एनसीसी बैंकको पौने ९ लाख कित्ता शेयर आजदेखि बिक्रीमा, अंकित मूल्य कति ?

२४ जेष्ठ २०७९, मंगलवार ११:४०

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ८० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाउको हो ।

बैंकले उक्त शेयरहरुको न्यूतनम मूल्य १४१ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहाने व्यक्ति, फर्म वा संस्था जो कोहीले आज (जेठ २४) गतेदेखि असार ७ गतेसम्म के कति कित्ता लिन चाहेको हो सम्पूर्ण विवरण खुलाई कम्पनीको केन्द्रीय कार्यालय बागबजार काठमाडौं अर्थात बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले न्युनतम १००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
प्राप्त बोलपत्रहरु असार ८ गते दिउँसो १ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*