ग्लोबल आइएमई बैंकको घोटाला काण्ड भित्र-भित्रै मिलाउन पहल, तथ्य सार्वजनिक गर्न ढिलाई

२४ जेष्ठ २०७९, मंगलवार १२:०३

काठमाडौं । ग्लोबल आइएमई बैंकभित्र साढे तीन अर्बभन्दा बढि कर्जा दुरुपयोग सम्बन्धी घट्ना भित्रभित्रै मिलाउने प्रयत्न भइरहेको सूचना प्राप्त भएको छ । यसअघि कुमारी बैंक घोटालामा जस्तै गरी ऋण मिलाउने प्रयत्न भइरहेको जनाइएको छ ।

ग्लोबल आइएमई बैंकमा राष्ट्र बैंकले गत साता इन्स्पेक्सनको क्रममा तीन अर्बभन्दा बढि कृत्तिम ऋण प्रवाह गरिएको फेला पारेको थियो । सो काण्डमा तत्कालै राष्ट्र बैंकले एक्सन लिएर तीन अर्ब रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिइसकेको छ ।

केन्द्रीय बैंकको निर्देशन बमोजिम तीन अर्ब रुपैयाँ प्रोभिजन गर्न तयार भएपनि यसै आवभित्रमा उक्त ऋण विभिन्न टुक्रामा विभाजन गरेर चुस्त दुरुस्त बनाएर सेटिङ गर्ने तयारी भइरहेको विश्वस्त सूत्रले जनाएको छ ।

नियामक निकाय केन्द्रीय बैंकले तीन अर्ब घोटाला भएको निष्कर्ष सहित प्रोभिजन गर्न निर्देशन दिएको बिषयमा ग्लोबल आइएमई बैंक मौन रहँदै आएको छ । केन्द्रीय बैंकले कारवाही गरेको झण्डै एक सातासम्म पनि बैक मौन बस्दा लगानीकर्ताहरु अन्योलमा परेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा रहेको ग्लोबल आइएमई बैंक पछिल्लो समय लगातार विवादमा फस्दै गइरहेको छ । औद्योगिक घारानाको रुपमा उदय भएको आइएमई ग्रुपबाट सम्पादित कामहरु पछिल्लो समय विवाद पर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*