सेञ्चुरी बैंकको नयाँ मुद्धती खाता संचालनमा, ६ वर्षमा बचतको दुईगुणा रकम पाइने

२४ जेष्ठ २०७९, मंगलवार १३:५३

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले ‘सेञ्चुरी डबल धमाका’ मद्धती खाता संचालनमा ल्याएको हो ।

यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिंङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ ।

साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*