बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल झर्यो

२४ जेष्ठ २०७९, मंगलवार १४:४१

काठमाडौं । बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले.सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार जेठ २२ गतेसम्म बैंकहरुको सीडी रेसियो ८९.९९ प्रतिशत रहेको छ ।

यसअघि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको सीडी रेसियो असार मसान्तसम्म ९० प्रतिशतभन्दा तल ल्याउन निर्देशन दिएको थियो । सो अवधिभित्र सीडी रेसियो नघटाए कारबाहीको प्रक्रिया अघि बढाउने राष्ट्र बैंकले भनेको थियो ।

राष्ट्र बैंकका अनुसार जेठ २२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको ४९ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ४७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने अन्य वित्तीय संस्थाहरुले ५ खर्ब ८० अर्ब निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, वाणिज्य बैंकहरुले मात्रै यस अवधिसम्म ४१ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने वित्तीय संस्थाहरुले ५ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

केन्द्रीय बैंकको निर्देशन पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा तल झारेका छन् ।

गत वैशाखसम्म वाणिज्य बैंकहरुमा सीडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको तरलता अनुपात असार मसान्तसम्ममा ९० प्रतिशत कायम गर्न पाउने छुट दिएसँगै बैंकहरुले आफुसँग हुँदै नभएको रकम समेत लगानी गरेर जोखिम मोलेका थिए । सो अनुसार वैशासम्ममा १८ वटा कमसिर्यल बैंकमा कर्जा–निक्षेप (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि पुगेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*