एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२४ जेष्ठ २०७९, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार उच्च अंकले घट्न पुगेको छ । बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक आज ४७ अंकले घट्न पुगेको हो ।

पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव र बजेट घोषणामा पुँजीबजार सुधारका लागि उचित नीति समावेश नभएको कारण शेयरबजार झनै प्रभावित बन्न पुगेको हो ।

यसैबीच पुँजीबजार सुधार समितिले सोमबार धितोपत्र बोर्डमा १९ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका थिए । आजपनि लगानीकर्ताहरुले पुँजीबजार सुधारका लागि सरकारले करिब तीन वर्षदेखि यता कुरा नसुनेको भन्दै नेप्सेमा जुलुस गर्ने निर्णय गरेको छ ।

लगानीकर्ताहरुले विभिन्न खालका माग राखेपनि शेयरबजार झनै घट्दो अवस्थामा छ । आज पनि नेप्से परिसूचक ४७ अंकले घटेर २०२० को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक घटेसँगै शेयरबजारमा शेयरको मात्रा र कारोबार रकम समेत खासै उक्लिन सकेको छैन । आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक एनआइसी एशिया बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ६ करोड ११ लाख ८८ हजार ६८३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २० लाख र नबिल बैंकको २ करोड ९० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*