शेयरबजारमा उच्च गिरावट, नेप्से ४५ अंकले घटेर २ हजारको विन्दुमा, १३ उपसूचक राताम्य

२४ जेष्ठ २०७९, मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार उच्च अंकले घट्न पुगेको छ । बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक आज ४५.५९ अंकले घट्न पुगेको हो ।

लगानीकर्ताहरुले पुँजीबजार सुधारका माग राख्दै विभिन्न खालका आन्दोलन, जुलुस निकालेपनि शेयरबजार घट्ने क्रम अझै रोकिएको छैन । शेयरबजार झनै घट्दो अवस्थामा छ । आज पनि नेप्से परिसूचक ४५ अंकले घटेर २०२० को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक निर्जिबन बीमा सूचकको १३९.७८ रुपैयाँ र उत्पादन तथा प्रशोधन समुहको १३७.८८ रुपैयाँले घटेको छ ।

त्यस्तै, जीवन बीमा समुहको ८७.१८ रुपैयाँ, विकास बैंक समूहको ८८.९४ रुपैयाँ र लघुवित्त समूहको ६९.७४ रुपैयाँले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*