दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२४ जेष्ठ २०७९, मंगलवार १५:२४

काठमाडौं । आज शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । सरकराले पुँजीबजार सुधारको लागि गहकिलो नीति ल्याउन नसकेको र तीन वर्षभन्दा अघिको कुरा अझैसम्म पनि नगरेको भन्दै लगानीकर्ताहरु आन्दोलमा उत्रिएका छन् ।

लगानीकर्ताहरुले पुँजीबजार सुधारका माग राख्दै विभिन्न खालका आन्दोलन, जुलुस निकालेपनि शेयरबजार घट्ने क्रम अझै रोकिएको छैन । शेयरबजार झनै घट्दो अवस्थामा छ । आज पनि नेप्से परिसूचक ४५ अंकले घटेर २०२० को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार घटेपनि केही कम्पनीहरुको शेयर भने बढ्न पुगेको छ । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमा आज सर्किट लागेको हो ।

उपकार लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको शेयर ९.९८ प्रतिशतले बढ्न पुगेको छ ।

त्यस्तै, माउन्टेन हाइड्रो नेपालको ३.८२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.७३ प्रतिशत र आरबीबी म्युचुअल फण्ड–१ को ३.७० प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*