लिमिटेड कम्पनीले ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

२४ जेष्ठ २०७९, मंगलवार १७:०८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन् ।

अर्थमन्त्रालय अन्र्तगतको राजस्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधरण लगानीकर्तालाई पनि समावेश गर्नुपर्ने बताएका हुन् ।
यसले सर्वसाधरणलाई फाईदा पुग्ने र वित्तिय सन्तुलन पनि कायम गर्न सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ । संस्थापक सेयर धनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरि नीतिगत व्यवस्था गर्न उहा“ले सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।

लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरि नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुनेमा अध्यक्ष मल्लले जोड दिनुभयो । सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सक्यो भने यसले तरलता सिर्जना गर्ने अध्यक्ष मल्लले बताएका हुन् ।

त्यस्तै अध्यक्ष मल्लले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु हुनुपर्ने बताएका छन् । आयतलाई व्यवस्थित गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले आम उपभोग्य र विलासिताका बस्तुहरुमा फरक फरक दर कामय गरिनुपर्नेमा जोड दिएका छन् ।
धेरै विद्युत खपत गर्ने ठूल उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषि जन्य उद्योगमा पनि लागु गर्न अध्यक्ष मल्ले आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*