विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १५ लाख बढीको आवेदन

२४ जेष्ठ २०७९, मंगलवार १८:४४

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १ करोड ८५ लाख २ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । आज साँझ ५ः३२ बजेसम्ममा १५ लाख ४१ हजार ८३७ जना सर्वसाधारण आवेदकले उक्त आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो ।

कुल १५ लाख कित्तामध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४% अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । यसमा बुधबार जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*