समृद्धि फाइनान्सलाई हकप्रद शेयर बेच्नै समस्या, अवतरित हकप्रद असार १ गतेदेखि पुनः लिलामीमा ल्याउँदै

२५ जेष्ठ २०७९, बुधबार ११:१३

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर असार १ गते लिलामी ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको नबिकेको हकप्रद शेयर पुनः लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म संस्थापक तथा सर्वसाधारण समूहको जम्मा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गरि आवेदन माग गरिएकोमा

संस्थापक समुहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारणको ७३ हजार १०० कित्ताका लागि गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयरको लागि आवेदन परेको थिएन ।

कम्पनीले बाँकी रहेको हकप्रद शेयर पुनः लिलाम बढाबढमार्फत बिक्री गर्नका लागि गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेकोमा संस्थापक समूह तर्फको सबै हकप्रद शेयरका लागि आवेदन नपरेकोले पुनः गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

फाइनान्सले संस्थापक समूहको ७ लाख ७२ हजार ६६६ कित्ता अवतरित हकप्रद शेयरका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । उक्त शेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति तथा संघ।संस्थाले असार ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले कम्पनीको बिक्री प्रबन्धक विओके क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर नक्साल काठमाडौं र बैंक अफ काठमाडाण्डूका शाखा कार्यालयहरु मेनरोड विराटनगर, आदर्शनगगर विरगंज, न्युरोड पोखरा, ट्राफिक चोक बुटवल, सुर्खेत रोड, नेपालगंज, विरेन्द्रचोक विरेन्द्रनगर, सुर्खेत मेनरोड, चौराहा धनगढी र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा–मकवानपुर, शाखा कार्यालय पुतलीसडक काठमाडौं, नारायणगढ चितवन, पोखरा कास्की र बुटवल रुपन्देहीबाट दरखास्त दिन सक्नेछन् र

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*