‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेयर साम्पाङलाई मेगा बैंकद्धारा १० वटा डस्बीन सहयोग

२५ जेष्ठ २०७९, बुधबार ११:२५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो ।

धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचत मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिए । मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताए । मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्बीनहरु भानुचोक वरपर राखिने भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*