करिब ढाई वर्षपछि आँधीखोला लघुवित्तको शेयर कारोबारमा आउने

२५ जेष्ठ २०७९, बुधबार ११:४६

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आउने भएको छ । संस्थाले शेयर कारोबार फुकुवाको लागि अनुमति पाएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार संस्थाको शेयर कारोबार फुकुवा गर्नको लागि अनुमति दिदै पत्र पठाएको थियो । स्रोतका अनुसार संस्थाले राष्ट्र बैंकबाट पत्र पाएलगत्तै नेप्सेमा सो बारेमा जानकारी समेत गराईसकेको छ ।

लघुवित्तले मंगलबार नै शेयर फुकुवा गर्न नेप्सेमार्फत पत्र पठाएकोमा अबको एक दुईदिनमै शेयर कारोबार सुचारु गरिने नेप्सेले जनाएको छ ।
आँधीखोला लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच २०७६ साल पुष २ गते एकआपसमा मर्जरमा जान सम्भौता भएको थियो । त्यसयता यी दुवै कम्पनीको शेयर कारोबार धितोपत्र दोस्रोबजारमा रोक्का रहेको छ ।

मर्जरपश्चात बन्ने कम्पनीको नाम ‘धौलागिरी आँधीखोला लघुवित्त’ हुने सहमति थियो । दुवैबीच समान स्वाप रेसियोमा मर्जर हुन लागेको थियो । तर बीचमा केही कुरा नमिलेको कारण दुईबीचको मर्जर भाडिएको थियो । मर्जर भाँडिएपनि दुवै लघुवित्तको शेयर कारोबार भने रोक्का नै रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*