लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक छौः अध्यक्ष हमाल

२५ जेष्ठ २०७९, बुधबार १३:०४

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक भएको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न लागिपर्ने बताएका हुन्।

अध्यक्ष हमालले लगानीकर्ताहरूले मनोबल उच्च बनाउने काममा आफू लागि परेको बताए। शेयर बजारमा गिरावट आउनुको मुख्य कारण बैंकमा लगानीयोग्य रकम नहुनु तथा कोभिडका कारण विश्वभर आएको आर्थिक मन्दी नै कारक भएकोले लगानीकर्तालाई मनोबल उच्च राख्न समेत अध्यक्ष हमालले आग्रह गरेका छन्।

पछिल्लो समयमा मर्जरको समयमा लामो समय सेयरधनीको सेयर रोक्का भएर बस्नु परेको अवस्थालाई सम्बोधन गर्न समेत लागि परिरहेको उनले बताए।आफूले चारमहिनाभित्रमा सेयर बजार सुधारका लागि दर्जन बढी काम गर्नेसमेत उनले बताए।

बोर्डबाट चार महिनाभित्रमा वैदेशिक रोजगारमा गएका नेपालीलाई साधारण सेयरमा १० प्रतिशतको कोटा छुट्याउने व्यवस्था कार्यान्वयन गर्ने र गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानीको अवसर दिने समेत बताए। बुक विल्डिङमार्फत चुस्त ढंगले ठूला कम्पनीमा जनतालाई लगानीको अवसर दिलाउने छौं, अध्यक्ष हमालले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*