एकाएक हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२५ जेष्ठ २०७९, बुधबार १५:०७

काठमाडौं । लामो समय अन्तरालपछि शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढ्न पुगेको छ ।

पुँजीबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्वसवको अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल, अर्थमन्त्री जनार्दश शर्मा र राष्ट्र बैंकका गभर्नरले पुँजीबजारको समस्याको समाधान गर्न चार सदस्यी समिति समेत गठन गरेको छ । सो को प्रभाव आज शेयरबजारमा देखिन थालेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा शेयरबजारका लगानीकर्ताहरुको गुनासो सम्बोधन गर्ने बताएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा आज एकाएक ६० अंकको बृद्धि भएपनि कारोबारमा भने खासै सुधार देखिएको छैन । नेप्सेमा सूचीकृत बैंकहरुको पीई रेसियो ह्वात्तै घट्नुले पनि कारोबार रकम खुम्चिन पुगेको देखिएको हो ।

१ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ५ करोड १२ लाख ४० हजार ३३२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, कुमारी बैंकको ४ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ७४ लाख रुपैयाँ र अपि पावरको ४ करोड ५९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*