लगातार ओरालो लागेको नेप्से ६० अंकले उचालियो, १३ उपसूचकमा हरियाली छाउँदा कारोबारमा सामान्य सुधार

२५ जेष्ठ २०७९, बुधबार १५:१९

काठमाडौं । बजेट घोषणापछि लगातार ओरालो लागेको शेयरबजारमा आज सुधार देखिएको छ । नेप्से परिसूचक आज ६०.२२ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज चम्किएको छ । सबै समूहमा हरियाली छाउँदा सर्वाधिक निर्जिबन बीमा समूहको ३२० रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, जीवन बीमा समूहको २९३.१३ रुपैयाँ र विकास बैंक समूहको ११६.३९ रुपैयाँले बढेको छ ।

त्यस्तै, मनग्य लगानीकर्ताहरु रहेका हाइड्रोपावर समूहको ८४.६ रुपैयाँ, लघुवित्त समूहको १५४४.८ रुपैयाँ र उत्पादन तथा प्रशोधन समूहको १५४.७४ रुपैयाँले बढ्न पुगेको छ ।

लामो समय अन्तरालपछि शेयरबजारमा आज हरियाली छाएको हो । पुँजीबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्वसवको अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल, अर्थमन्त्री जनार्दश शर्मा र राष्ट्र बैंकका गभर्नरले पुँजीबजारको समस्याको समाधान गर्न चार सदस्यी समिति समेत गठन गरेको छ । सो को प्रभाव आज शेयरबजारमा देखिन थालेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा शेयरबजारका लगानीकर्ताहरुको गुनासो सम्बोधन गर्ने बताएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*