धितोपत्र कारोबारको इतिहास र आधुनिक पूँजी बजार

२५ जेष्ठ २०७९, बुधबार १७:१९

काठमाडौं । वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा शेयर कारोबार सुचारु भएको थियो । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल बैंकले शेयरजारी गरेपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन ।

वि.सं. २०२१ मा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । त्यसबेलासम्म पनि धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय थिएनन् ।वि.सं. २०३३ सालमा धितोपत्र खरीदविक्री केन्द्रको नामबाट सेक्युरिटीज एक्सचोज सेन्टरको स्थापना भएपछि विधिवत रुपमा नेपालमा पूँजी बजारको सुरुवात भएको हो।

सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार पाएको उक्त केन्द्रको स्थापनापछि दोस्रो बजारको उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तर केन्द्रले गर्नुपर्ने काम नीतिगत र संस्थागत व्यवस्थाका कारण प्रभावित भएको थियो । केन्द्रको भूमिका प्रभावकारी बनाउन वि.सं २०४० मा धितोपत्र कारोबार ऐन ल्याइयो । वि.सं २०४३ सालमा ऐनमा संसोधन पनि भयो । तरपनि पूँजी बजारमा अपेक्षा गरिए अनुसारको विकास हुन भने सकेन् ।

वि।सं। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशील बनाउन ठूलो सहयोग गर्यो । ‘धितोपत्र कारोबार ऐन २०४०’ को दोस्रो संशोधन गरी वि।सं। २०५० जेठ २५ गते नेपाल धितोपत्र वोर्डको स्थापना भयो । त्यस्तै पुष २९ गते धितोपत्र खरीदविक्री केन्द्रलाई ‘नेपाल स्टक एक्सचेन्ज’ ९नेप्से०मा रुपान्तरण गरियो । त्यसपछि मात्र नेप्से परिसूचक गणना हुन थालेको हो ।

पूँजीबजार साचालनमा सुधार गर्न र दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले वि।सं। २०६३मा सरकारले ‘धितोपत्रसम्बन्धी ऐन २०६३’ लागु ग¥यो । त्यस्तै पूँजीबजार व्यवस्थित गर्न ‘धितोपत्र बजार सञ्चालन नियमावली २०६४’ पनि आयो । हाल नेपालको पूँजीबजार तथा धितोपत्र कारोबारलाई यही ऐन तथा नियमावलीले निर्देशित गरेको छ ।

वि।सं। १९९४ मा अर्थमन्त्रालयकै एउटा कुनाबाट सुरु भएको शेयर कारोबार काठमाडौंको न्यूरोडस्थित नेपाल बैंक लिमिटेडको भवन र डिल्लीबजार हुँदै अहिले भद्रकाली स्थित नेपाल स्टक एक्स्चेन्जको कार्यालयबाट हुँदै आएको छ । सुरुवातमा कार्यलयमा कारोबार गर्न लगानीकर्ताको भीडभाड हुनेगरेकोमा पछिल्लो समय ब्रोकर कार्यालयबाटै कारोबार हुने गरेकोछ । अहिले नेप्सेले स्वचालित अनलाइन प्रणालीमार्फत कारोबार सुरुगरेपछि घर–घरबाटै इन्टरनेटको माध्यमबाट शेयर खरिदविक्री गर्न सकिने भएको छ ।

शेयर कारोबारका हिसावले करीब ८ दशकको इतिहास रहेपनि नेपाल स्टक एक्स्चेन्जले पछिल्लो दुई दशकमा निकै ठूलो फड्को मारेको छ । वि।सं। २०६४ सालमा अटोमेसन प्रणालीमर्फत कारोबार सुरु गरेको नेप्सेले वि।सं। २०६७ मा सिडिएस एण्ड क्लियरिङ हाउसको स्थापना ग¥यो । तर लामो समय सम्म सिडएसले काम गर्न सकेन । तर वि।सं। २०७२ देखि शेयर अभौतिकीकरण सुरु भएपछि कारोबारमा सहज भयो । यसले नेपालको शेयर बजारमा कारोबारलाई थप सुरक्षित बनाएको छ । यसैबीच नेपाल धितोपत्र वोर्डले पनि बजार सुधारका नीतिगत रुपमा धेरै काम गरेको छ ।

हाल पुँजि बजारमा सक्रिय लगानकिर्ताहरुको सङख्या दिनप्रति दिन बढ्दै गईरहेको छ। पुँजिबजार सुधारको लागि राज्य पनि सकारात्मक देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*