बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा माग भन्दा १६ गुणा बढीको आवेदन

२५ जेष्ठ २०७९, बुधबार १८:३६

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओमा आज अन्तिम दिन बुधवारसम्म मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ साढे ५ बजेसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामुहिक लगानी कोषमा बाँडफाँट गरिएको छ ।

बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री गरिएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*