४–१२ का समस्या हल हुँदैमा शेयर बजारमा बढ्छ ? शेयर बजारमा उछाल आउँदा कसलाई फाइदा पुग्छ ?

२६ जेष्ठ २०७९, बिहीबार ०९:३८

काठमाडौं । यतिबेला सरकारले यसअघि लागू गरेको ४–१२ को नीति हटाउने सम्बन्धमा छलफल सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयका अधिकारीहरु सम्मिलित कार्यदल गठन गरिएको छ । जसले ४–१२ समस्या लगायतका पुँजि बजारका समस्याहरु हल गर्ने अपेक्षा गरिएको छ ।

तर, प्रश्न उठ्छ के ४–१२ को समस्या हल गर्दैमा शेयर बजारमा उछाल आउँछ ? शेयर बजार उच्च बिन्दुमा पुग्छ ? ४–१२ कै कारण अहिलेको यो समस्या आएको हो त ? ४–१२ कै कारण शेयर मूल्य परिसूचक घटेर २००० मा झरेको हो त ? सबैले ४–१२ हटाउन माग गरिरहेका छन् ।

४–१२ सम्बन्धी नीति हटाउँदा थोरै मात्र लगानीकर्तारुले यसबाट फाइदा लिन्छन् । ठूलो आकारमा काम गर्ने मासिक करोडौंको शेयर कारोबार बैंकबाट ऋण लिएर गरेकाहरुले यसबाट लाभ लिनेछन् भने गोजीबाट पैसा हालेर शेयर किन्नेहरुको अवस्था जस्ताको तस्तै हुन्छ ।
सरकारले ४–१२ को सीमा हटाउने वित्तिकै केही शेयर बजारका माफियाहरुले बजारबाट रातारात करोडौंको शेयर उधारोमा उठाउँछन् र बैंकबाट ऋण लिएर भुक्तानी गर्छन् । बैंकमा तरलता अभाव भएपनि माफियाहरुले विभिन्न प्रपोगाण्डा बनाएर बैंकहरुबाट ऋण लिएर अलिदिन शेयर बजार चाही चम्किन सक्छ । तर, त्यसले दीर्घकालिन समाधान दिँदैन । १५ दिनपछि फेरि बजारमा उही अवस्था आउन सक्छ । माफियाहरुले ४–१२ को सीमा हटाए पछि एक पटक मात्रै शेयर किन्ने हुन् । एक पटक शेयर किनेपछि अलिदिन ह्वात्तै कारोबार बढ्नसक्छ र अनि लगानीकर्ताहरु झुक्किन्छन र फस्छन् पनि ।

एक अनौपचारिक तथ्याङ्क अनुसार कूल १२ करोडभन्दा बढि शेयर धितोमा कर्जा लिनेहरु थोरै मात्रामा छन् । एक अर्बभन्दा माथि कर्जा लिने जम्मा ३ जना मात्रै छन् । उनीहरुलाई १२ करोडको सीमामा झार्न कठिन भएको हो । आम सर्वसाधारणलाई हुँदै होइन । जब १२ करोडको सीमाको समयावधी सकिन एक महिना मात्रै बाँकी रह्यो तब बजारमा आमरण अनसन जस्ता फण्डाहरु बाहिर आएको छ ।

शेयर बजार अहिलेको अवस्थामा रहुन लगानीकर्तालाई निरुत्साहित गर्नु हो । यसको मूल्य कम्पनीका उत्पादन क्षमता, मुनाफा आदिका आधारमा प्राकृतिक रुपमा बृद्धि हुनु पर्दछ । यसरी कृतिम रुपमा आन्दोलन गरेर योजनाबद्ध तरिकाले बढाइएको शेयर मूल्यबृद्धिले स्थायित्व प्राप्त गर्न सक्दैन । बरु शेयर बजारलाई जुवा घर बनाइरहन्छ । वर्षदिनमै दुई पटक ३००० पुग्ने अनि २००० मा झार्ने कार्यले शेयर बजारलाई जुवाघर बनेको छ । हिजो टिक्क सक्ने क्षमता थिएन भने ३२०० पुग्यो रु आज तल झार्ने नाममा २००० मा झार्नु कति उचित छ ? के नेपाली शेयर बजार यसरी नै माफियालाई चलखेल गर्न दिइरहने हो ?

शेयर बजारबाट ठूला लगानीकर्ता, माफियाहरुले मात्रै फाइदा पाउने हो भने आम लगानीकर्ताहरु घरजग्गा बिक्री गरेर लगानी गर्न किन आउने ? देशको आर्थिक अवस्था दयनिय छ । तनावपूर्ण आर्थिक अवस्थाका बीचमा शेयर मूल्य बढाएर ३००० पुर्याए पनि त्यो धेरै दिन टिक्न सक्दैन र त्यसबाट सर्वसाधारण, साना लगानीकर्तालाई जोगाउने कसको ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*