नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

२६ जेष्ठ २०७९, बिहीबार १०:४३

काठमाडौं। नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसले जेठ ६ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको हो । फाइनान्सले १ः०।७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरका लागि यसले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २० गतेसम्म कायम सेयरधनीले मा हकप्रद भर्न पाउनेछन् । यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।

यस हकप्रदमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा प्रभु क्यापिटल तथा नेपाल फाइनान्सको केन्द्रीय तथा शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*