अपि पावरको लिलामी शेयर भर्ने आज अन्तिम दिन

२६ जेष्ठ २०७९, बिहीबार १०:४९

काठमाडौं । अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसले जेठ १८ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

यसअघि कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता (३९.३६५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार नबिकेपछि बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*