नेपाल हाइड्रो डेभलोपरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

२६ जेष्ठ २०७९, बिहीबार १०:५४

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको बैठकले सभा असार १३ गते कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभामा नियमावलीको नियम २३ संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । साथै नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने र कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी दिने सभाको विशेष प्रस्ताव रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ असार २ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असार १ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*