कुमारी धनबृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

२६ जेष्ठ २०७९, बिहीबार ११:१०

काठमाडौं । कुमारी धनबृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजनाको इकाईका लागि आज (जेठ २६ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।

कुमारी क्यापिटलले जेठ १२ गतेदेखि सो योजनाको इकाई निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो । कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*