ग्लोबल आइएमई र एनआइबिएल एस क्यापिटलद्धारा डिम्याट खाता रिन्यु गर्न आग्रह

२६ जेष्ठ २०७९, बिहीबार ११:२६

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र एनआइबिएल एस क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । दुवै कम्पनीले छुट्टाछुट्टै सूचना प्रकाशित गरी हितग्राही खाता खोल्ने खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन भनेको हो ।

दुवै क्यापिटलले आर्थिक वर्ष २०७८।०७९ सम्मको डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क प्रत्येक आव को १०० रुपैयाँ दरले बुझाउन आग्रह गरेको हो । वार्षिक शुल्क नबुझाउने ग्लोबल आइएमई क्यापिटलमा खाता खोलका हितग्राहीको हकमा क्यापिटलको केन्द्रीय कार्यालय कान्तिपथ काठाडमौं अर्थात् ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुमार्फत नविकरण शुल्क बुझाउन सक्नेछन् ।

साथै एनआइबिएल एस क्यापिटलको हकमा क्यापिटलका शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमार्फत हितग्राही खाताको नविकरण शुल्क बुझाउन सकिनेछ ।

साथै दुवै क्यापिलटको डिम्याट खाता रिन्यु गर्न डिजिटल भुक्तानी माध्यम कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे, खल्ती र इसेवाबाट पनि नविकरण शुल्क भुक्तानी गर्न सकिनेछ ।

असार मसान्तभित्रमा हितग्राही खाता रिन्यु नगरेको खण्डमा हितग्राही खाता फ्रिज हुने ग्लोबल आइएमई र एनआइबिएल एस क्यापिटले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*