वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अबको ४ महिनापछिको आइपीओमा कोटा पाउने

२६ जेष्ठ २०७९, बिहीबार ११:५४

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अबको ४ महिनापछि निष्काशन हुने आइपीओमा आवेदन दिन पाउने भएका छन् । जेठ २५ गते नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो अवधिभित्र विदेशीका नेपालीहरुले आइपीओमा आरक्षण पाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को बजेट घोषणामा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण शेयर (आइपीओ)मा कोटा छुट्याउने घोषणा गरेका थिए ।

सोही घोषणालाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष हमालले ४ महिना पछिको आइपीओमा आरक्षण पाउने तयारी गरिएको बताए ।

वैदेशिक रोजगारीमा गई रेमिट्यान्स पठाउनेहरुलाई आइपीओमा कोटा छुट्याउने र गैरआवासीय नेपालीहरुलाई धितोपत्र दोस्रो बजारमा लगानी गर्न पाउने प्रबन्ध मिलाउने विषय चलिरहेको भएपनि पहिलोपटक बोर्डका अध्यक्ष हमालले समयसिमा सहितको प्रस्ताव आएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरुले पनि पुँजीबजारमा लागनी गर्न पाउने आशावादी भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*