कुमारी बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२६ जेष्ठ २०७९, बिहीबार १५:०६

काठमाडौं । शेयरबजार फेरी ओरालोतर्फ मोडिएको छ । बजेट घोषणापछि लगातार गिरावट आएको पुँजीबजारमा हिजो एकाएक ६० अंकको बढोत्तरी भएको थियो ।

आज नेप्से परिसूचक प्रिओपनिङ सेसनमा दोहोरो अंकले बढेपनि कारोबारको मध्यान्तरदेखि घट्न थालेको हो । बिहिबार शेयरबजार कारोबार बन्द हुँदा १७ सम्म अंकले घटेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन शेयरबजारमा एकाएक सुधार आएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको थिएन । केही महिनायता बैंकिङ्ग क्षेत्रमा तरलताको अभाव सिर्जना भएदेखि शेयरबजारमा २।३ अर्बसम्मको मात्रै कारोबार सीमित हुन पुगेको छ ।

आजपनि एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ६ करोड ७४ लाख ६९ हजार ३०१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख, अरुण काबेली पावरको ३ करोड ९८ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*