शेयरबजारमा दोहोरो अंकको गिरावट, १३ उपसूचक राताम्य हुँदा विकास बैंक र हाइड्रोपावर सूचक खस्कियो

२६ जेष्ठ २०७९, बिहीबार १५:१९

काठमाडौं । बिहिबार शेयरबजार फेरी ओरालोतर्फ मोडिएको छ । अघिल्लो दिन पुँजीबजारमा एकाएक सुधार देखिएको थियो ।

नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्वसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, बोर्डका अध्यक्ष रमेशकुमार हमाल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजीबजार सुधारको लागि सकारात्मक धारणा व्यक्त गरेसँगै एकाएक बजार बढ्न पुगेको थियो ।

आज नेप्से परिसूचक प्रिओपनिङ सेसनमा दोहोरो अंकले बढेपनि कारोबारको मध्यान्तरदेखि घट्न थालेको हो । बिहिबार शेयरबजार कारोबार बन्द हुँदा १७ सम्म अंकले घटेर २०६० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन हरियाली छाएको १३ उपसूचक नै आज राताम्य भएका छन् । नेप्से घटेसँगै आज सर्वाधिक विकास बैंक समुहको ७३.५४ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, हाइड्रोपावर सूचकको ४०.५९ रुपैयाँले घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको ४९.८६ रुपैयाँले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*