लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२७ जेष्ठ २०७९, शुक्रबार ०६:०४

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । बैंकले उक्त कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य रू। २०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।कम्पनीको शेयर विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

सो अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरु असार १ गते बिहान १० बजे कुमारी क्यापिटल नागपोखरी, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने पनि कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*