गोर्खाज फाइनान्सको २७ औं वार्षिक साधारण सभा, आज, यस्ता छन् एजेण्डाहरु

२७ जेष्ठ २०७९, शुक्रबार ०७:०६

काठमाडौं । गोर्खाज फाइनान्सले शुक्रवार २७ औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे हुने भएको छ।

सभाले गत आर्थिक वर्ष २०७७र ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै सभाले सञ्चालक समितिमा रिक्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गर्नेछ ।

सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकको जानकारी समेत सभामा गराउने कार्यक्रम समेत कम्पनीले तय गरेको छ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरिसकेको छ । यस आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*