नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्बन्धी सम्झौता भोलि, चुक्ता पुँजी ३४ अर्बमाथि

२६ जेष्ठ २०७९, बिहीबार १६:३२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भोलि मर्जरसम्वन्धी सम्झौता हुने भएको छ । लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको एक संचालकले बताए । ।मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ ।

बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत इन्भेष्टमेन्ट बैंककै क्रमशः पृथ्वीबहादुर पाण्डे र ज्योतिप्रकाश पाण्डे रहने छन् । संचालक तर्फ पनि दुबै तर्फबाट सम्मानजनक सहमती भएको बैकले जनाएको छ।

इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर बराबर मेगा बैंकको सय कित्ता शेयरको अनुमातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको बताउँदै यथासिघ्र एकीकृत कारोबार सुरु गर्नेगरी सम्झौता हुन लागेको हो ।

इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। इन्भेस्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय हुनेछ।

यी दुई बैंकको एक बराबर एक स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्नेछ। स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यु डेलिजेन्स रिपोर्ट) ले गर्नेछ।
मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ।

हाल इन्भेस्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ। त्यस्तै इन्भेस्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ।इन्भेष्टमेन्ट बैंकमा ज्योति पाँडे प्रमुख कार्यकारी अधिकृत छन् भने मेगामा रविना देशराजले नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहेका छन्।

इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ छ भने पुँजी बजारमा यसको सेयर २ सय ९९ रूपैयाँमा कारोबार भइरहेको छ। इन्भेष्टमेन्टको खराब कर्जा अनुपात २.२० प्रतिशत छ।

त्यस्तै, मेगाको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रूपैयाँ छ भने अन्तिम सेयर मूल्य २ सय ३७ रूपैयाँ छ। हाल इन्भेस्टमेन्ट बैंकको आधारभूतबाहेकका लगानीकर्ताको सेयर कारोबार खुला भए पनि हिमालयन बैंकको सबै लगानीकर्ताको सेयर कारोबार रोक्का छ।
सेयर कारोबार हुने बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हिमालयन बैंकको सेयर कारोबार खुल्ला भईसकेको छ । दोस्रो बजारमा नियमित रुपमा हिमालयन बैंकको कारोबार भईरहेको छ।मर्जर सम्झौतापश्चात् दुबै बैंकको शेयर कारोबार रोक्का हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*