जाल्पा सामुदायिक लघुवित्तको तेस्रो वार्षिक साधारण सभा भोलि

२७ जेष्ठ २०७९, शुक्रबार ११:४३

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले तेस्रो वार्षिक साधारण सभा भोलि हुने भएको छ ।सभा बुटवल सुख्खानगर, रुपन्देही अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रालिमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले यस वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बन्द हुने जानकारी दिएको छ । यस आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*