हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको असार ५ गतदेखि शेयर लिलामीमा

२७ जेष्ठ २०७९, शुक्रबार ११:४७

काठमाडौं । हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले असार ५ गतदेखि तीन करोड कित्ता शेयर लिलामी गर्ने भएको छ। कम्पनीको संस्थापक समूहको शेयर लिलामीमा बिक्री हुने भएको हो।

कम्पनीको शेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै शेयरको लागि आवेदन गर्न सकिने छ। उक्त लिलामी शेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीहरुले आवेदन दिन सक्ने छन्। शेयर खरिद गर्न इच्छुकहरुले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी असार १९ गतेसम्म शिल्बन्दी बोलपत्र पेश गर्न सकिनेछ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन बुझाउन सकिने छ। ग्लोबल आइएमई बैंक शाखा कार्यालय विर्तामोड, राटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढबाट आवेदन दिन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*